सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसमा  महिला र पुरुष मृत फेला परेका छन् ।शुक्रबार सिनामंगल स्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आज मध्याह्न १२ बजे खाना खान सोध्न जाँदा ढोका नखोलेपछि अपराह्न १ बजेतिर प्रहरीलाई खबर गरिएको थियो । घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरुष झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त कोठामा एक जना पुरुष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए ।

मृतक पुरुष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन् ।