share 487 साङ्केतिक तस्बिर काठमाडौं । झापामा इटालियन पेस्तोलसहित एक युवक पक्राउ परेको छ । झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेरलाई पक्राउ गरिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो । उनको साथबाट मेड इन इटाली लेखिएको पेस्तो र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । बिहान दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट उनलाई पक्राउ गरिएको हो । को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार उनले पेस्तोल बोकेको प्रहरीले जनाएको छ । पोस्टको नेभिगेसन सिनामंगलस्थित झर्ना गेष्ट गेष्ट हाउसमा महिला र पुरुष मृत भेटिए पोखरामा दिउँसै हतियार देखाएर लुटपाट गर्ने तीनजना पक्राउ