share 456 काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका-४ घर भइ कलंकी बस्दै आएका किरन सिंह साउदलाई पक्राउ गरेको हो । मंगलबार ३२ वर्षीय साउदलाई कालिमाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । हरिष भाटको जाहेरीले १२ लाख बिगो भएको मुद्दामा उनीविरुद्ध कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनलाई थप अनुसन्धान र कारबाहीको लागि अपराध अनुसन्धान कार्यालयले कञ्चनपुर पठाएको छ । पोस्टको नेभिगेसन विदेशमा लुकेका सहकारी ठगीमा संलग्न जिबि राईसहित १८ जनालाई नेपाल ल्याउन निर्देशन रौतहटबाट पेस्तोलसहित एकजना पक्राउ