share 451 ढाका । आरक्षणको विरोधमा फेरि हिंसा भड्किएपछि बंगलादेश सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । थप दुईजनाको ज्यान गएपछि इन्स्टाग्राम, टिकटक, वाट्सएप र यूट्यूब जस्ता सञ्जालमा प्रतिबन्ध लगाएको हो । बंगलादेशमा आरक्षणको मुद्दालाई लिएर फेरि एकपटक विरोध प्रदर्शन शुरु भएपछि उक्त निर्णय गरिएको हो । शुक्रबार भएको विरोध प्रदर्शनले देशका धेरै भागमा हिंसात्मक रूप लिएको छ । यो हिंसामा दुईजनाको मृत्यु र सयजना घाइते भएका छन् । ढाकामा शुक्रबार हजारौं विद्यार्थी सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । सामाजिक सञ्जाल प्रतिबन्ध गरिएको बारेमा बंगलादेश सरकारबाट कुनै आधिकारिक बयान आएको छैन । विदेशी सञ्चारमाध्यमले उक्त प्रतिबन्धको जानकारी दिएका छन् ।बंगलादेश सरकारले आफ्ना नागरिकलाई इन्स्टाग्राम, टिकटक, युट्युब र वाट्सएप जस्ता लोकप्रिय सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुक्रबार ग्लोबल आइज न्यूजले आफ्नो X मार्फत पहिलोपटक उक्त प्रतिबन्धको जानकारी दिएको थियो । जुलाईमा आरक्षण विरोधी प्रदर्शनपछि देशभर कर्फ्यू लगाइएको थियो । यो अवधिमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको थियो । जुलाईमा भएको विरोध प्रदर्शनपछि इन्टरनेट र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । केही दिनको हिंसक प्रदर्शनपछि सर्वोच्च अदालतले आरक्षण कोटासम्बन्धी फैसला गरेपछि स्थिति शान्त भए पनि देशमा हिजोदेखि फेरि प्रदर्शन शुरु भएको छ । बंगलादेशमा योपटक हिंसामा मारिएका व्यक्ति र तिनका परिवारले न्याय पाउनुपर्ने माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन् । ढाकाका धेरै ठाउँमा विद्यार्थीले प्रदर्शन गरे र सुरक्षाकर्मीसँग उनीहरूको झडप भयो। यस क्रममा प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाबलले अश्रुग्यास प्रहार गरेको थियो । पोस्टको नेभिगेसन हानियाको हत्यामा इजरायल र अमेरिकाको हात छ : इरान बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै निरन्तर प्रदर्शन