share 784 काठमाडौं । हेलिकप्टर कम्पनीहरूले चार्टर्ड उडानको भाडा बढाएका छन् । अक्टोबर १ तारीख अर्थात् असोज १५ गतेबाट लागू हुने गरी कम्पनीहरूले विभिन्न गन्तव्यका लागि भाडा बढाएका हुन् । हेलिकप्टर कम्पनीका प्रतिनिधिहरूले गत जेठ २१ गते गरेको सहमतिअनुसार काठमाडौंबाट हुने उडानसहित विभिन्न गन्तव्यको भाडामा ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको बताएका छन् । भाडादरको सूचीअनुसार नेपालीहरूका लागि सबैभन्दा कम शुल्क काठमाडौंबाट गोसाइकुण्डको रहेको छ । यहाँ जानआउन दुईतर्फी यात्राका लागि डेढ लाख रूपैयाँ तिर्नुपर्छ । त्यस्तै सबैभन्दा बढी भाडा काठमाडौं-दार्चुलाको १४ लाख रहेको छ । पोस्टको नेभिगेसन सरकारले कुलमान घिसिङलाई कारबाही गरे आन्दोलन गर्छौं : तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’ हुँदा निर्धारित समय भन्दा २० मिनेटपछि अवतरण