share 1,593 काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ओली सरकारले प्रतिशोधपूर्ण ढंगले कारबाही वा पदमुक्त गरे आन्दोलनमा जाने तामाङ राष्ट्रिय मुक्ति मोर्चाले चेतावनी दिएको छ । मोर्चाका अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लीलाकुमार घलानले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको हो । मुलुकलाई लोडसेडिङ मुक्त गर्ने ऐतिहासिक योगदानको अवमूल्यन गर्दै सरकारले कार्यकारी निर्देशक घिसिङलाई कुनै कारबाही वा पदमुक्त गरेको खण्डमा आन्दोलनमा जाने चेतावनी मोर्चाले दिएको हो। ‘मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गर्दै विद्युत् निर्यातबाट वैदेशिक मुद्रा आर्जन, विद्युत् महसुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब बक्यौता असुलीको लागि चट्टानझैँ उभिएका घिसिङको ऐतिहासिक योगदानलाई अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्न हाम्रो मोर्चा सरकारको ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘विद्युत् प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै कारबाही प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा आन्दोनलमा उत्रिने चेतावनी दिन चाहन्छ ।’ मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बाँकी बक्यौता नतिर्ने उद्योगको काटिएको लाइन तत्काल जोड्न दिएको ठाडो निर्देशनलाई ‘जंगबहादुर शैली’ भन्दै मोर्चाले निन्दा गरेको छ । त्यसैगरी विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभएसम्म उद्योगहरुमा लाइन जोड्न हुन्न भन्दै सञ्चालक समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका दुईजना सञ्चालकलाई प्रतिशोधपूर्ण ढंगले सरकारले बर्खास्त गरेको आरोप पनि मोर्चाले लगाएको छ । गत आइतबार प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार पदमुक्त गरेर महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नयाँ सञ्चालकमा नियुक्त गरिसकेको छ । तामाङ राष्ट्रिय मुक्ति मोर्चाकाे विज्ञप्तीसहित : पोस्टको नेभिगेसन आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा, यस्तो छ कारण बढ्यो हेलिकप्टरको भाडा, सार्वजनिक गर्यो भाडादर
मुलुकलाई लोडसेडिङ मुक्त गर्ने ऐतिहासिक योगदानको अवमूल्यन गर्दै सरकारले कार्यकारी निर्देशक घिसिङलाई कुनै कारबाही वा पदमुक्त गरेको खण्डमा आन्दोलनमा जाने चेतावनी मोर्चाले दिएको हो। ‘मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गर्दै विद्युत् निर्यातबाट वैदेशिक मुद्रा आर्जन, विद्युत् महसुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब बक्यौता असुलीको लागि चट्टानझैँ उभिएका घिसिङको ऐतिहासिक योगदानलाई अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्न हाम्रो मोर्चा सरकारको ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘विद्युत् प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै कारबाही प्रक्रिया अगाडि बढाएको खण्डमा हाम्रो मोर्चा आन्दोनलमा उत्रिने चेतावनी दिन चाहन्छ ।’ मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बाँकी बक्यौता नतिर्ने उद्योगको काटिएको लाइन तत्काल जोड्न दिएको ठाडो निर्देशनलाई ‘जंगबहादुर शैली’ भन्दै मोर्चाले निन्दा गरेको छ । त्यसैगरी विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभएसम्म उद्योगहरुमा लाइन जोड्न हुन्न भन्दै सञ्चालक समितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ राखेका दुईजना सञ्चालकलाई प्रतिशोधपूर्ण ढंगले सरकारले बर्खास्त गरेको आरोप पनि मोर्चाले लगाएको छ । गत आइतबार प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार पदमुक्त गरेर महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नयाँ सञ्चालकमा नियुक्त गरिसकेको छ । तामाङ राष्ट्रिय मुक्ति मोर्चाकाे विज्ञप्तीसहित :