घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो । जसअनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी  तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।