share 643 काठमाडौं । आज दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौर डाँडामा दुर्घटनाग्रस्त भएको हो । गुर्जेभन्ज्याङ अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उनले भने, ‘हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ ।’ उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । सो हेलिकप्टर मार्फत ४ जना चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीले ४ चिनियाँ पर्यटकलाई छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो । घटनाको खबर आउनेवित्तिसकै खोजी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभु एयरको हेलिकोप्टार परिचालन गरिएको थियो । पोस्टको नेभिगेसन नुवाकोटको शिवपुरीस्थित सूर्यचौरमा हेलिकप्टर दुर्घटना ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, गठ्ठाघर बन्यो रणमैदान
काठमाडौं । आज दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौर डाँडामा दुर्घटनाग्रस्त भएको हो । गुर्जेभन्ज्याङ अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीका अनुसार ४ पुरुष १ महिलाको शव फेला परेको छ । उनले भने, ‘हेलिकप्टर खोल्सामा परेको छ । शव निकाल्न गाह्रो भइरहेको छ ।’ उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । सो हेलिकप्टर मार्फत ४ जना चिनियाँ पर्यटक स्याफ्रुबेंसी लगिँदै थियो । एयर डाइनेस्टीले ४ चिनियाँ पर्यटकलाई छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो । उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो । घटनाको खबर आउनेवित्तिसकै खोजी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभु एयरको हेलिकोप्टार परिचालन गरिएको थियो ।