share 381 काठमाडौं । एयर इन्डियाले इजरायलको राजधानी तेल अभिभका लागि उडान स्थगित गर्ने निर्णय गरेको छ । एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘मध्यपूर्वका केही भागमा हालको अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि हाम्रो तेल अभिभ आउजाउ उडानहरूको निर्धारित कार्यतालिका स्थगन गरेका छौँ।’ एयर इन्डियाले स्थितिको निगरानी गरिरहेको तेल अभिभ जाने र त्यहाँबाट यता आउने कन्फर्म बुकिङवाला यात्रुहरूलाई पूर्ण भाडा फिर्ता दिइरहेको जनाएको छ। एयर इन्डियाले भनेको छ, ‘हाम्रा पाहुना र चालक दलको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो ।’ इजरायल र हमासबीच चलिरहेको लडाइँका कारण मध्यपूर्वमा असुरक्षा बढेको छ । पोस्टको नेभिगेसन हमास नेता हानियाको हत्या इजरायलको महङ्गो ‘रणनीतिक गल्ती’ भएको इरानको चेतावनी ड्रोन मार्फत अमेरिकी युद्धपोतको फोटो खिचेको आरोपमा दक्षिणी कोरियाले चिनियाँ विद्यार्थीमाथि अनुसन्धान सुरु