share 418 काठमाडौं । त्रिभुवन विश्वविद्यालय तथा लायन्स क्लब इन्टरनेसनलले लामो समयको प्रतीक्षापछि त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्र (TULBTRC) सञ्चालन गर्ने अनुमति पाएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सो ब्लड बैंक स्थापना गर्ने अनुमति पाएको हो । त्रिभुवन विश्वविद्यालय र लायन्स क्लबको सहकार्यमा स्थापित टियु लायन्स ब्लड ट्रान्सफ्युसन एण्ड रिसर्ज सेन्टर (TULBTRC) नेपाल मै पहिलो पटक अत्याधुनिक प्रविधि सहितको ब्लड बैंक रहेको क्लबले दाबी गरेको छ । नेपाली लायनवादको नारा दिएर स्थापना गरेको क्लबले ब्लड बैंक सञ्चालन गर्ने अनुमती पाएपछि महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने सुनौलो सपना पूरा भएको बताएको छ । पोस्टको नेभिगेसन टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’ हुँदा निर्धारित समय भन्दा २० मिनेटपछि अवतरण उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन