Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
प्राकृतिक प्रकोप

सोलुखुम्बुको थामे क्षेत्रमा बाढीले बगायो विद्यालयको छात्रावास र ६ वटा घर

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 485
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका-५ स्थित थामे क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले विद्यालयको छात्रावास र ६ वटा घर बगाएको छ ।

थामे आधारभूत विद्यालयको छात्रावास र ६ वटा घर बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भूसालले सूचना प्राप्त भएको जानकारी दिए।

उनले पनि मानवीय क्षति बारे कुनै जानकारी नआएको बताए । ‘ती घरमा मान्छेहरू थिए पहिल्यै सुरक्षित स्थानमा गएका छन्,’ उनले भने । प्रशासकीय अधिकृत भूसालले बाढी आएको स्थानमा पुग्नै साढे १ दिनभन्दा बढी लाग्ने समेत बताए ।

त्यहाँ टासी र लाप्चा जाने बाटोका तालहरू फुटेको आकलन गरिएको उनले बताए। ‘काठमाडौंबाट हेली मगाएका थियौं तर मौसम खराबीका कारण सम्भव भएन,’ उनले भने।

उनले टासी र लाप्चे जाने बाटोमा भएका हिमतालहरू फुटेको अनुमान गरिएको जानकारी दिए । ‘प्रहरी पठाइएको छ, तर त्यहाँ पुग्नै दुई दिन लाग्छ,’ उनले भने ।  प्रशासकीय अधिकृत भूसालले त्यहाँ मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको पनि बताए ।

‘गुम्बाहरू अग्लो ठाउँमा हुन्छन्, हामीले स्थानीयहरूलाई त्यस्ता ठाउँमा गएर बस्न भनेका छौं । टेलिफोन र सामाजिक सञ्जालमार्फत हामी निरन्तर स्थानीयहरूसँग जोडिएका छौं,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्‍बुले सूचना जारी गरेर सुरक्षित स्थानमा जान भनेको छ । प्रशासनले पनि अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ ।

पोस्टको नेभिगेसन

खुम्बु क्षेत्रमा लेदोसहित भीषण बाढी, हिमताल फुटेको आशंक
अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

Related Post

प्राकृतिक प्रकोप

सङ्खुवासभामा पहिरोले अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

८ महिना अगाडि ८ महिना अगाडि ८ महिना अगाडि
प्राकृतिक प्रकोप

पहिरोका कारण नागढुंगाबाट गाडी धमाधम काठमाडौं फर्किदै

८ महिना अगाडि ८ महिना अगाडि ८ महिना अगाडि
प्राकृतिक प्रकोप

काठमाडौंमा एकाबिहानै भुकम्पको धक्का

१ वर्ष अगाडि १ वर्ष अगाडि १ वर्ष अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ महिना अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

१ महिना अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

१ महिना अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ महिना अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline