थामे आधारभूत विद्यालयको छात्रावास र ६ वटा घर बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भूसालले सूचना प्राप्त भएको जानकारी दिए।
उनले पनि मानवीय क्षति बारे कुनै जानकारी नआएको बताए । ‘ती घरमा मान्छेहरू थिए पहिल्यै सुरक्षित स्थानमा गएका छन्,’ उनले भने । प्रशासकीय अधिकृत भूसालले बाढी आएको स्थानमा पुग्नै साढे १ दिनभन्दा बढी लाग्ने समेत बताए ।
त्यहाँ टासी र लाप्चा जाने बाटोका तालहरू फुटेको आकलन गरिएको उनले बताए। ‘काठमाडौंबाट हेली मगाएका थियौं तर मौसम खराबीका कारण सम्भव भएन,’ उनले भने।
उनले टासी र लाप्चे जाने बाटोमा भएका हिमतालहरू फुटेको अनुमान गरिएको जानकारी दिए । ‘प्रहरी पठाइएको छ, तर त्यहाँ पुग्नै दुई दिन लाग्छ,’ उनले भने । प्रशासकीय अधिकृत भूसालले त्यहाँ मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको पनि बताए ।
‘गुम्बाहरू अग्लो ठाउँमा हुन्छन्, हामीले स्थानीयहरूलाई त्यस्ता ठाउँमा गएर बस्न भनेका छौं । टेलिफोन र सामाजिक सञ्जालमार्फत हामी निरन्तर स्थानीयहरूसँग जोडिएका छौं,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सूचना जारी गरेर सुरक्षित स्थानमा जान भनेको छ । प्रशासनले पनि अहिलेसम्म मानवीय क्षति नभएको जनाएको छ ।