सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला–लेगुवा सडक खण्डमा झरेको पहिरो हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ।
अविरल वर्षासँगै गएको पहिरोका कारण सो सडक खण्ड दिनभर अवरुद्ध भएको थियो। यातायात रोकिएपछि यात्रुहरू मार्गमै अलपत्र परेका थिए।
इन्द्र दल गुल्म खाँदबारीका नेपाली सेनाको टोलीले पहिरो पन्छ्याउने कार्य सम्पन्न गरेपछि सडक केही बेरअघि मात्रै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यातायात सञ्चालन पुनः सुरु भएपछि सवारी आवागमन सहज बनेको छ।

