share 255 काठमाडौं । शनिबार बिहान नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यात्रु र सवारी साधनलाई प्रहरीको अनुरोधमा काठमाडौं फर्काइएको छ। नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान साढे ९ बजे सम्ममा करिब २ सय गाडी काठमाडौं फर्किसकेका छन्। धादिङतर्फ पहिरो खसेर तत्काल सडक खुलाउन नसकिने अवस्था देखिएपछि प्रहरीले माइकिङ गर्दै सवारी चालक र यात्रुलाई अगाडि नबढ्न आग्रह गरेको थियो। अनुरोधपछि नागढुंगामा रोकिएका गाडीहरू क्रमशः फर्कन थालेका हुन्। प्रहरीले जोखिमपूर्ण यात्राबाट जोगिन सहयोग गरेकोमा चालक तथा यात्रुप्रति आभार व्यक्त गरेको छ। “हाम्रो अनुरोध सुनेर फर्कनुभएका सम्पूर्ण यात्रु, चालक/सहचालक सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ,” माइकिङमा भनिएको थियो, “तपाईंको सुरक्षा हाम्रो जिम्मेवारी हो।” पोस्टको नेभिगेसन काठमाडौंमा एकाबिहानै भुकम्पको धक्का सङ्खुवासभामा पहिरोले अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा