share 650 काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेकोमा आज १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य हालसम्मकै उच्च हो । यसअघि साउन ३० गते सुनको भाउमा १ लाख ५० हजार ५ सय रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो । पोस्टको नेभिगेसन घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ? घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?