share 621 काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको हो । यसअघि आइतबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुँदै तोलाको १ लाख ५२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ । पोस्टको नेभिगेसन सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलामा कति पुग्यो ? फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?