share 473 काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव पक्राउ परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका १४ श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका १७ घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नकर्मी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको पूर्व सचिव हुन्। नकर्मी बचतकर्ताको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसूरमा संलग्न रही फरार रहेको थियो । उनलाई शुक्रबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर कारबाहीका लागि कास्की लगिएको छ । आइतबार उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ। सहकारीका अध्यक्ष जिबी भन्ने गितेन्द्र बाबु राई हाल फरार रहेको छ । सोही सहकारी ठगीमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पनि पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् । तर प्रहरीले उनीविरुद्धको जाहेरी कारबाही प्रक्रियामा नलगि जाहेरी नै अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले ६ महिनासम्म पनि रविविरुद्धको जाहेरी कानुनी प्रक्रियामा अगाडी बढाएको छैन । पोस्टको नेभिगेसन क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ जीबी राईलाई पक्राउ गर्न नेपालले गर्यो इन्टरपोललाई दोस्रोपटक पत्राचार
पर्साको वीरगञ्ज महानगरपालिका १४ श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका १७ घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नकर्मी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको पूर्व सचिव हुन्। नकर्मी बचतकर्ताको रकम सहकारी ऐन, नियमावाली तथा संस्थाको नियम विपरित हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसूरमा संलग्न रही फरार रहेको थियो । उनलाई शुक्रबार काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर कारबाहीका लागि कास्की लगिएको छ । आइतबार उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ। सहकारीका अध्यक्ष जिबी भन्ने गितेन्द्र बाबु राई हाल फरार रहेको छ । सोही सहकारी ठगीमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पनि पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् । तर प्रहरीले उनीविरुद्धको जाहेरी कारबाही प्रक्रियामा नलगि जाहेरी नै अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले ६ महिनासम्म पनि रविविरुद्धको जाहेरी कानुनी प्रक्रियामा अगाडी बढाएको छैन ।