share 447 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेको छ । विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ र बयानका लागि बोलाएको हो । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । लामिछाने अघि समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिएको छ । समितिको बैठकमा लामिछानेसँग सोधपुछ सुरु भएको छ । पोस्टको नेभिगेसन चन्द्रागिरीस्थित बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय बंगलादेशबाट फर्केका विद्यार्थीलाई भेटेपछि प्रचण्डले भने, ‘देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छु’