share 351 काठमाडौं । माल्टा पठाउँने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कालिकोटको तिलागुफा नगरपालिका-३ का कन्नजित राउतलाई पक्राउ गरेको हो । ४० वर्षीय राउतलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । गौशाला बस्दै आएका राउतले एकजना पीडितबाट ३ लाख ६० हजार ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पोस्टको नेभिगेसन हेटौंडाको एक होटेलमा युवतीको शंकास्पद मृत्यु धरानमा खुकुरी प्रहार गरी छोरीको हत्या, आमा घाइते