काठमाडौं । माल्टा पठाउँने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कालिकोटको तिलागुफा नगरपालिका-३ का कन्नजित राउतलाई पक्राउ गरेको हो ।
४० वर्षीय राउतलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
गौशाला बस्दै आएका राउतले एकजना पीडितबाट ३ लाख ६० हजार ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।