काठमाडौं । सिन्धुलीबाट प्रहरीले रिभल्वरसहित एक जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका-१० दोभानका ४७ वर्षीय भिमबहादुर हायुलाई पक्राउ गरिएको हो ।

उनले घरमा चामल राख्ने प्लाष्ट्रिकको ड्रममा लुकाएर राखेको अवस्थामा एकथान रिभल्वर र ६ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले बताए ।

बरामद रिभल्वरमा एनएफ-१० एफ लेखिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय भिमानले अनुसन्धान गरिरहेको छ ।