share 375 काठमाडौं । सिन्धुलीबाट प्रहरीले रिभल्वरसहित एक जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका-१० दोभानका ४७ वर्षीय भिमबहादुर हायुलाई पक्राउ गरिएको हो । उनले घरमा चामल राख्ने प्लाष्ट्रिकको ड्रममा लुकाएर राखेको अवस्थामा एकथान रिभल्वर र ६ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले बताए । बरामद रिभल्वरमा एनएफ-१० एफ लेखिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय भिमानले अनुसन्धान गरिरहेको छ । पोस्टको नेभिगेसन धरानमा खुकुरी प्रहार गरी छोरीको हत्या, आमा घाइते अन्तर्राष्ट्रिय अदालतद्वारा इजरायली प्रधानमन्त्री, पूर्वरक्षामन्त्री र हमास कमान्डरविरुद्ध पक्राउ पुर्जी जारी