share 572 काठमाडौं । प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका-१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका-५ घर भएका ३० वर्षीय देवराज खत्री पक्राउ परेको हो । उनीहरुलाई विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका व्यक्ति हुन् । उनले ५४ ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ ।उनको साथबाट एक ढिका सुन, एउटा बेरुवा औंठी र एउटा मोवाइल बरामद गरेको छ । त्यसैगरी देवराजलाई भने बाह्य मुलुकबाट नेपाल आउने यात्रुलाई सुन ल्याउन लगाएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २५ ग्राम सुन बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई प्रहरीले अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ । पोस्टको नेभिगेसन पर्यटकलाई आतंकित पारेर लुटपाट गर्ने सात जना पक्राउ ललितपुरको अवैध कलसेन्टरमा सीआइबीको छापा, ५० जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका-१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका-५ घर भएका ३० वर्षीय देवराज खत्री पक्राउ परेको हो । उनीहरुलाई विमानस्थलको आगमन कक्षको पार्किङ एरियाबाट सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका व्यक्ति हुन् । उनले ५४ ग्राम सुन ल्याएको प्रहरीले जनाएको छ ।उनको साथबाट एक ढिका सुन, एउटा बेरुवा औंठी र एउटा मोवाइल बरामद गरेको छ । त्यसैगरी देवराजलाई भने बाह्य मुलुकबाट नेपाल आउने यात्रुलाई सुन ल्याउन लगाएको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट २५ ग्राम सुन बरामद गरेको छ । पक्राउ परेका दुबै जनालाई प्रहरीले अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।