share 703 काठमाडौं । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । काठमाडौंमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको गृह मन्त्रालयमा सह सचिव छवि रिजालले रातोपाटीलाई बताए । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् । पोस्टको नेभिगेसन नेपाल प्रहरीले फर्कायो सिंगापुर प्रहरीलाई पत्रसहितको जबाफ : डीएसपीसहित तीनै जना आतङ्कवादमा संलग्नता छैन, अफवाह फैलाएको भन्दै शाहद्धारा खण्डन जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य सुदर्शनराज पाण्डेको निधन