काठमाडौं । जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो ।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई भदौ १३ गते अस्पताल भर्ना गरिएको थियो । जापानीज इंसेफ्लाइटिस रोगबाट पाण्डेको निधन भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । उनको पार्थीव शरिरलाई बिहिवार साझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
पाण्डे जनयुद्धका सहिद सुरज पाण्डेको बुवा हुन् । उनी उत्थान साप्ताहिकको सम्पादक पनि हुन् ।