share 852 काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार छापावाला सुनको मूल्य हालसम्म कै उच्च रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ । पोस्टको नेभिगेसन सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? सुनको मूल्य अहिलेसम्म कै उच्च, कतिमा हुँदै छ कारोबार ?