काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार छापावाला सुनको मूल्य हालसम्म कै उच्च रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।