share 827 काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबिचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यास असोज ४ गते सम्पन्न हुनेछ । पोस्टको नेभिगेसन नेपाल प्रहरीमा ६४ जना निरीक्षक र २५६ जना सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो भारतीय सेना प्रमुखलाई प्रदान गर्यो नेपाली सेनाका महारथीको मानार्थ दर्जा