share 739 काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ बढेको छ । छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघए जनाएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो । शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ६९० रुपैयाँ कायम भएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो । पोस्टको नेभिगेसन घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? बढ्यो सूनको मूल्य, कतिमा हुँदै छ कारोबार ?