काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दसैँको दशमीका दिन लगाइने टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो ।

समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा र असोज २४ गते फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ११ मिनेटमा तथा स्थिरासन ८ बजेर ४३ मिनेटमा  तोकिएको छ ।

त्यसैगरी असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको समितिले जानकारी दिएको छ ।

साथै समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको छ ।