share 707 ललितपुर । प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही मुछिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सथार्थ जानकारी दिनेगरी कार्यादेश दिइएको छ । बलात्कारसम्बन्धी घटनामा आर्थिक ‘फाइदा’ लिएको आरोप शाहीमाथि छ । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले छानबिन समिति गठन भएकझ र यसबारे रिपोर्ट आएपछि थप विषय खुल्ने बताइन् । असोज ६ गते केही युवतीले आफूहरुमाथि धाकधम्की भएको भन्दै प्रहरीलाई बोलाइपछि बिनुकै संलग्नतामा बलात्कारसम्बन्धी मुद्दामा आर्थिक चलखेल भएको बताइएको छ । यो घटनामा प्रहरीले पछि तीन जनालाई पक्राउ समेत गरेको छ । पोस्टको नेभिगेसन दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, प्रहरी वृत्त सिंहदरबारमा राखिने सहकारी ठगीका आरोपित ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ