Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
अपराध-अनुसन्धान

सहकारी ठगीका आरोपित ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

२ वर्ष अगाडि २ वर्ष अगाडि २ वर्ष अगाडि
share 798

काठमाडौं । सहकारीको बचत ठगी गरेको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेको छ । उनी शुक्रबार भारतमा पक्राउ परेको हो ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रहरीले मेयर नेपालीलाई पक्राउ गरेको हो । ‘मेयर नेपालीलाई इन्दिरा गान्धी विमानस्थलमा रोकिएको छ, त्यहाँ नेपालको प्रहरी पनि पुगिसकेको छ,’ निमित्त आइजिपी, एआइजी टेकप्रसाद राईले सेतोपाटीसँग भने, ‘इन्टरपोलमार्फत् हामीले त्यहाँको कन्सुलर कार्यालयमा समन्वय पनि गर्दैछौं।’ उनलाई नेपाल ल्याउने तयारी भइरहेको छ।

मेयर नेपाली पोखरा र बागलुङमा रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पनि हुन् । मेयर नेपालीमाथि दुई अर्ब बढी बचत रकम ठगीको आरोप छ । उनी गत वर्ष जेठ देखि नै फरार थिए । ढोरपाटन नगरपालिका वडा नम्बर १ घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरूद्ध गत वर्ष असार २५ गते बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । उनी लामो समयसम्म फरार रहेपछि रेडकर्नर नोटिससमेत जारी गरिएको थियो ।

मेयर नेपालीलगायत सहकारी सञ्चालकहरू विरूद्ध १ हजार ४ सय ८१ जनाले उजुरी दिएका थिए । बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको देखिएको थियो ।

पोखरा महानगरपालिकामा रहेको सहकारीबाट ५ सय बढी बचतकर्ताको ५० करोड रुपैयाँ अपचलन गरेको आरोप उनीमाथि छ । उनी २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए । त्यसअघि उनी २०७४ को निर्वाचनमा पनि मेयर निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको चुनावअघि टिकट नपाएपछि उनले नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका थिए।

सहकारी प्रकरणमा जोडिएपछि एमालेले २०८० जेठमा नेपालीलाई निलम्बन पनि गरेको थियो। उनलाई एमालेले गण्डकी प्रदेश कमिटी सदस्यबाट निलम्बन गरेको हो।

पोस्टको नेभिगेसन

इन्स्पेक्टर मुछिएपछि भैँसेपाटी घटना छानबिन गर्न समिति गठन
सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका लामिछानेलाई आज अदालत लगिँदै

Related Post

अपराध-अनुसन्धान

जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र

७ महिना अगाडि ७ महिना अगाडि ७ महिना अगाडि
अपराध-अनुसन्धान

जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुनबहादुर शाही पक्राउ

७ महिना अगाडि ७ महिना अगाडि ७ महिना अगाडि
अपराध-अनुसन्धान

टिओबी टिसर्ट लगाएर पेस्तोल बोक्ने व्यक्ति प्रहरी नियन्त्रणमा

८ महिना अगाडि ८ महिना अगाडि ८ महिना अगाडि

You missed

धर्म-संस्कृति

टुँडालदेवी भजन समूहको चौथो वार्षिक उत्सव सम्पन्न

१ महिना अगाडि
ताजा समाचार

ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली

१ महिना अगाडि
शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

१ महिना अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

२ महिना अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline