share 779 सुनसरी । निरन्तर परेको वर्षासँगै सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा वृद्धि भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् । पोस्टको नेभिगेसन पत्रकार महासङ्घको निर्वाचन अन्यौलमा, उम्मेदवार मनोनयन दर्ता स्थगित काभ्रे, मकवानपुर र सिन्धुलीमा हेलिकप्टर परिचालन