share 523 काठमाडौं । अलपत्र नागरिकहरूको उद्धार गर्न गृह मन्त्रालयले ३ वटा जिल्लामा हेलिकप्टर परिचालन गरेको छ । खोज तथा उद्धारका लागि काभ्रे, मकवानपुर र सिन्धुलीमा हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । सिन्धुलीको दुम्जा स्थित कुशेश्वर महादेवको मन्दिरमा अध्ययन गर्ने बटुकहरू सहित ३० जना अलपत्र परेका छन् । एकातिर रोशीखोला र अर्कोतर्फ सुनकोशीको बहावको बिचमा उनीहरू अलपत्र गरेको बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले जानकारी दिए । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिँदै छ । मौसम सुधार भएपछि हेलिकप्टर परिचालन गरिएको हो । विपद्मा परेकाहरूको उद्धार गर्न २० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए । पोस्टको नेभिगेसन खोलियो कोशी ब्यारेजका सबै ढोका, सतर्क रहन आग्रह गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन