share 1,310 जेरुसलेम । इजरायली सेनाले लेबनानमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएको छ । सो आक्रमणमा हेजबुल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायली सेनाको आईडीएफले आफ्नो लडाकु विमानले लेबनानको राजधानी बेरुतस्थित दहियाको एक आवासीय भवनमुनि रहेको हेजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर नसरल्लाह मारिएको जनाएको छ । मारिनेमा हेजबुल्लाह कमाण्डर मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल पनि मारिएका आईडीएफले जनाएको छ । हेजबुल्लाहले आफ्ना नेता नसरल्लाह मारिएको पुष्टि गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ । नसरल्लाह सन् १९८२ मा हेजबुल्लाहमा आबद्ध भएका थिए । १९९२ मा मुसावीको हत्यापछि उनी हेजबुल्लाह प्रमुख बनेका थिए । यसअघि आइडीएफले हेजबुल्लाह मुख्यालयमा ‘निकै सटिक’ आक्रमण गरेको जनाएको थियो । नसरल्लाहको मृत्युपछि पनि इजरायलले दक्षिण बेरुतमा आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानी अधिकारीहरूका अनुसार शनिबारका आक्रमणमा ६ जना मारिएका र ९१ जना घाइते भएका छन् । योसँगै इजरायली सेनाले लेबनानमा सोमबारयता गरेका हवाई आक्रमणका ज्यान गुमाउनेको संख्या ८ सय पुगेको छ । त्यस्तै, हेजबुल्लाहले पनि इजरायमा केही आक्रमणहरू गरेको बीबीसीले जनाएको छ । आईडीएफले शनिबार विहानै लेबनानबाट १० वटा रकेट प्रहार गरिएको जनाएको छ । सन् १९८० को दशकमा इजरायलविरुद्ध प्रयोग गर्न इरानको आर्थिक र सैन्य सहायतामा स्थापना भएको हेजबुल्लाह लेबनानस्थित सिया मुस्लिम समूह हो । १९८० को दशकमा गृहयुद्धका क्रममा इजरायली फौजले दक्षिणी लेबनान कब्जामा लिएको थियो । तर, हेजबुल्लाहले लेबनानस्थित अमेरिकी र इजरायली फौजमाथि भीषण आक्रमण गरेपछि २००० मे २४ मा इजरायल दक्षिणी लेबनानबाट फिर्ता हुन बाध्य भएको थियो । इजरायलले लेबनान छाडेसँगै हेजबुल्लाह निःशस्त्र हुनुपर्ने दबाब बढेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै समूहले आफ्नो सैन्य संगठन सुदृढ पारेको हेजबुल्लाहले दक्षिण लेबनानमा हजारौं लडाकु र ठूलो क्षेप्यास्त्र भण्डारण विस्तार गरेको छ । सीमा क्षेत्रमा इजरायली उपस्थितिलाई चुनौती दिँदै आएको हेजबुल्लाहलाई अमेरिका, इजरायल लगायतका विभिन्न देशले आतंकवादी समूह घोषित गरेका छन् । #बीबीसीको सहयोगमा तयार पारिएको पोस्टको नेभिगेसन संयुक्त राष्ट्रसंघको महासभाबाट नेतान्याहुको चेतावनी, इरानमा इजरायल पुग्न नसक्ने ठाउँ छैन नसरल्लाहको मृत्युपछि नेतन्याहुले भने, ‘हिजबुल्लासँग इजराइलको हिसाब बराबर भयो’
इजरायली सेनाको आईडीएफले आफ्नो लडाकु विमानले लेबनानको राजधानी बेरुतस्थित दहियाको एक आवासीय भवनमुनि रहेको हेजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर नसरल्लाह मारिएको जनाएको छ । मारिनेमा हेजबुल्लाह कमाण्डर मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल पनि मारिएका आईडीएफले जनाएको छ । हेजबुल्लाहले आफ्ना नेता नसरल्लाह मारिएको पुष्टि गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ । नसरल्लाह सन् १९८२ मा हेजबुल्लाहमा आबद्ध भएका थिए । १९९२ मा मुसावीको हत्यापछि उनी हेजबुल्लाह प्रमुख बनेका थिए । यसअघि आइडीएफले हेजबुल्लाह मुख्यालयमा ‘निकै सटिक’ आक्रमण गरेको जनाएको थियो । नसरल्लाहको मृत्युपछि पनि इजरायलले दक्षिण बेरुतमा आक्रमण जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानी अधिकारीहरूका अनुसार शनिबारका आक्रमणमा ६ जना मारिएका र ९१ जना घाइते भएका छन् । योसँगै इजरायली सेनाले लेबनानमा सोमबारयता गरेका हवाई आक्रमणका ज्यान गुमाउनेको संख्या ८ सय पुगेको छ । त्यस्तै, हेजबुल्लाहले पनि इजरायमा केही आक्रमणहरू गरेको बीबीसीले जनाएको छ । आईडीएफले शनिबार विहानै लेबनानबाट १० वटा रकेट प्रहार गरिएको जनाएको छ । सन् १९८० को दशकमा इजरायलविरुद्ध प्रयोग गर्न इरानको आर्थिक र सैन्य सहायतामा स्थापना भएको हेजबुल्लाह लेबनानस्थित सिया मुस्लिम समूह हो । १९८० को दशकमा गृहयुद्धका क्रममा इजरायली फौजले दक्षिणी लेबनान कब्जामा लिएको थियो । तर, हेजबुल्लाहले लेबनानस्थित अमेरिकी र इजरायली फौजमाथि भीषण आक्रमण गरेपछि २००० मे २४ मा इजरायल दक्षिणी लेबनानबाट फिर्ता हुन बाध्य भएको थियो । इजरायलले लेबनान छाडेसँगै हेजबुल्लाह निःशस्त्र हुनुपर्ने दबाब बढेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै समूहले आफ्नो सैन्य संगठन सुदृढ पारेको हेजबुल्लाहले दक्षिण लेबनानमा हजारौं लडाकु र ठूलो क्षेप्यास्त्र भण्डारण विस्तार गरेको छ । सीमा क्षेत्रमा इजरायली उपस्थितिलाई चुनौती दिँदै आएको हेजबुल्लाहलाई अमेरिका, इजरायल लगायतका विभिन्न देशले आतंकवादी समूह घोषित गरेका छन् । #बीबीसीको सहयोगमा तयार पारिएको