काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहि बेर अघिदेखि दुइतर्फी संचालनमा आएको हो ।
यसअघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएको भए पनि केहीबेर अघिबाट मात्र सडक खुलेको हाे ।
सडक बन्द हुँदा काठमाडौं बाहिरिने सवारी साधन अझै नागढुङ्गामा लामो जाम लागेको थियो । अहिले भने विस्तारै सवारी साधनलाई जान दिइएको छ । प्रहरीले लेन नमिचेर सवारी साधन चलाउन आग्रह गरेको छ।