Skip to content
Global Galaxy News

Global Galaxy News

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline
राष्ट्रिय

कृषिमन्त्री रामनाथ अधिकारी मेक्सिको प्रस्थान

१ वर्ष अगाडि १ वर्ष अगाडि १ वर्ष अगाडि
share 513
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मेक्सिको प्रस्थान गरेको छ ।

मकै र गँहुबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (सिआइएमएमआइटी) ले आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुधबार त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । मन्त्री अधिकारी मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौता अनुसारका अनुसन्धान तथा विकास क्रियाकलाप र संयुक्त कार्यक्रमको योजना तयार  गरिनेछ । मन्त्री अधिकारीले  मेक्सिकोको कृषिसम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्ने भएको छ ।

उनले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशकअनुरूपका क्रियाकलापमा टेवा पुग्ने विश्वास समेत लिइएको छ ।

मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारीलगायत रहेका छन् ।

पोस्टको नेभिगेसन

इजरायली सेनाको आक्रमणमा परि गाजाको एक विद्यालयमा १५ को मृत्युु
एमालेले बोलायो शनिवार सचिवालय बैठक

Related Post

राष्ट्रिय

आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन

३ महिना अगाडि ३ महिना अगाडि ३ महिना अगाडि
राष्ट्रिय

प्रचण्डको सचिवालयले ‘दुई ट्रक पैसा लगिएको’ दाबी प्रमाणित गर्न चुनौती

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि
राष्ट्रिय

नेपाल सरकारले एडीबीबाट १३ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने

६ महिना अगाडि ६ महिना अगाडि ६ महिना अगाडि

You missed

शिक्षा

निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने

२० घण्टा अगाडि
राष्ट्रिय

सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन

१ हप्ता अगाडि
राजनीति

सभामुख पदका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता

२ हप्ता अगाडि
ताजा समाचार

धादिङ-१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ विजयी

१ महिना अगाडि
Global Galaxy News

Proudly powered by WordPress | Theme: newstack by Themeansar.

  • Home
  • About Us
  • Contact
  • Sitemap
  • Timeline