share 686 काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि काठमाडौं ल्याउने भएको छ । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा रहेका लामिछानेलाई काठमाडौं ल्याउने भएको हो । उनलाई काठमाडौं ल्याउन मंगलबार बिहान साढे ८ बजेको बुद्ध एयरको जहाजको टिकट बुकिङ गरिएको बताइएको छ । आइतबार कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिने र बयान गराएर फेरि पोखरामै फर्काइने छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ । पोस्टको नेभिगेसन मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको हो : सीआइबी रास्वपा रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता