share 248 काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनीमाथि विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीमा संलग्न भएको आरोप लागेको छ। आइतबार काठमाडौँबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि महरासँग केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको थियो। अनुसन्धान अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भेपको नाममा सुन भित्र्याउने समूहसँग महरा र उनका छोरा राहुल महराको निरन्तर फोन सम्पर्क रहेको देखिएको छ। सो प्रकरणमा संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँगको कल रेकर्डले उनीहरूबीच नियमित संवाद भएको खुलेको हो। स्रोतका अनुसार यो फाइल पहिले सत्ता र शक्तिको आडमा अघि बढ्न नसकेको भए पनि हाल अनुसन्धान तीव्र बनाइएको छ। प्रहरीले महरालाई थप सोधपुछका लागि हिरासतमा राखेको बताएको छ। पोस्टको नेभिगेसन बालेन र सुदनविरुद्ध देशैभर जाहेरी दिने अखिलको घोषणा प्रचण्डको सचिवालयद्वारा ‘झुठा प्रचार’ गरेको आरोपमा पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा उजुरी