काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालीका संस्थापक सुदन गुरुङ विरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने घोषणा गरेको छ।

अखिलले भनिएको छ कि हालैको जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले उनीहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइँदैछ।

अखिलका महासचिव दीपक धामी का अनुसार, “सार्वजनिक सम्पत्ति, अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको हुँदा देशैभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउँछौं। आजदेखि जिल्ला जिल्लामा अभियान सुरु गरेका छौं,” उनले भने।

यसअघि मंगलबार काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दर्ता गर्न अखिलका प्रतिनिधि पुगेका थिए। तर सो जाहेरी तत्काल दर्ता नभएको बताइएको छ।

प्रहरीले भने सो विषयमा सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने जनाएको छ।