share 701 काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका-२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो । काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा तामाङलाई पक्राउ गरिएको उनले बताए । उनलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पोस्टको नेभिगेसन अन्तर्राष्ट्रिय अदालतद्वारा इजरायली प्रधानमन्त्री, पूर्वरक्षामन्त्री र हमास कमान्डरविरुद्ध पक्राउ पुर्जी जारी भक्तपुरमा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु