share 865 एजेन्सी । रुसी लेफ्टिनेन्ट जर्नेल इगोर किरिलोव मस्कोमा मारिएको छ । उनी आणविक, जैविक, रासायनिक रक्षा फौजका प्रमुख रहेको थियो । उनको हत्याको जिम्मा युक्रेनले लिएको छ । किरिलोव र उनका एक सहयोगी अपार्टमेन्ट भवनबाट बाहिरिँदै गर्दा नजिकै राखिएको स्कुटर विस्फोट भएको थियो । क्रेमलिनबाट ६.५ किमि टाढाको मस्कोको दक्षिणपूर्वी इलाकामा सो घटना भएको थियो ।स्कुटरमा ३०० ग्राम टीएनटी बराबरको विस्फोटक पर्दार्थ राखिएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् । युक्रेन युद्धमा उनको भूमिकालाई लिएर किरिलोवलाई बेलायत, क्यानडालगायत मुलुकले प्रतिबन्ध लगाएका छन् । पोस्टको नेभिगेसन देश छाडेर भागेका सिरियाली राष्ट्रपति रुसमा छन् : रुसी मिडिया जम्मु-कस्मिरमा भारतीय सेनाको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु