मकवानपुर । हेटौँडा-काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडक आजदेखि पुस ११ गतेसम्म बन्द हुने भएको छ ।

सो सडक अन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्रे गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडकको स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको हो ।

यो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने  सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी  कार्यालयले जनाएको छ ।