काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० मा १७ वर्षीया किशोरीको हत्या भएको छ । धादिङको गजुरी गाउँपालिका-४ घर भई सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् ।

चन्द्रागिरी नगरपालिका-१० सतुंगलस्थित खरिबोटमा बस्ने तामाङ हराएको भनेर उनको दाजुले प्रहरीमा निवेदन दिएका थिए । तर, खोजतलास गर्दा बुधवार लोबेड मुनि उनको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले बताए ।

उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।  घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।