काठमाडौं । गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको छ । नेपाली सेनाले गैंडाको खाग तस्करको आशंकामा मकवानपुरमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार मध्याह्न हेटौंडा उपमहानगरपालिका-८ को गर्दौईमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार सेनाले एक जनालाई नियन्त्रणमा लिएको छ ।