share 640 काठमाडौं । आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालको पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । बाह्र वर्षअघि जनवरी १ तारिखका दिनदेखि राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ । पोस्टको नेभिगेसन चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री ओली माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी नेकपा धादिङमा ध्रुविकृत