share 901 धादिङ । नेकपा माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी नेकपा धादिङमा ध्रुविकृत भएको छ । नेकपाले धादिङद्वारा धार्केमा आयोजित ध्रुवीकरण कार्यक्रममा लोहोनी ध्रुविकृत भएको हो । लोहोनीलाई नेकपाका इञ्चार्ज ज्योती सीले खादा र अविर लगाएर स्वागत गरेका थिए । ध्रुवीकरण कार्यक्रममा बोल्दै लोहनीले भने, “नेकपाको उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको निति समाजवादको मार्ग हो, नेकपाको यो अभियानमा देशभक्त कम्युनिस्ट क्रान्तिकारीहरु सबै लामबद्ध हुनुपर्छ ।” नेकपाको उत्पादन र आत्मनिर्भर अर्थतन्त्रको नितिले आफुलाई आकर्षित गरेकोले नेकपामा ध्रुविकृत भएको उनले बताए । साथै कम्युनिस्ट आन्दोलनको नेतृत्व नेकपाले मात्रै गर्न सक्ने उनको जिकिर थियो । पोस्टको नेभिगेसन आज १२औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै वीरगन्जमा कर्फ्यु १२ बजे रातसम्म लम्बियो