पर्सा वीरगन्जमा दुई सामुदायिक समूहबीच उत्पन्न विवाद उग्र हुँदै गएपछि लगाइएको कर्फ्यु अझै १२ घण्टा लम्बिएको छ। हिजो साँझ बजेदेखि लागू गरिएको कर्फ्यु आइतबार मध्यान्ह १२ बजेसम्म लागू हुने थियो। तर स्थिति नसामान्य भएको सर्वदलीय बैठकलेदिइएको सुझाव अनुसार कर्फ्यु अब राति १२ बजेसम्म लम्बिने पर्सा जिल्ला प्रमुख अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

जिल्ला प्रशासनले सुरक्षा कारणले  गत साँझदेखि वीरगन्ज नगरमा कर्फ्यु लगाएको थियो। दुई समुदायबीच सानो विवादबाट शुरूभएको तनाव हिंसात्मक रूप लिँदै गएपछि यो कदम चाडै लिइएको हो। प्रारम्भमा १८ घण्टाको लागि लागू गरिएको कर्फ्युले सार्वजनिकयातायात, व्यापारिक गतिविधि समूहमा हिंड्ने कार्यमा प्रतिबन्ध लगाइएको थियो।

तर, आइतबार मध्यान्हसम्म स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु अवधि बढाउन बाध्य भएको हो। सर्वदलीय बैठकमाराजनीतिक दलहरू, स्थानीय नेतृत्व सुरक्षा निकायले विवाद समाधानका लागि छलफल गरेका थिए। उक्त बैठकलेअहिले कर्फ्युउठाउँदा पुनः हिंसा फैलिन सक्नेभन्दै समय बढाउन सुझाव दिएको सीडीओ अर्यालले बताए।

कर्फ्यु लम्बिएपछि सुरक्षा निकायले नगरभरि कडा पहरा बिस्तार गरेका छन्। प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) स्थानीय स्वयंसेवकसमूहले संयुक्त रूपमा गस्ती गरिरहेका छन्। विवादित क्षेत्रमा अझै पनि तनावपूर्ण माहौल रहेकोले नागरिकहरूलाई घरभित्र नै रहनसुझाव दिइएको छ।