काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजे बालुवाटारमा बस्ने गरि बैठक बोलाईएको हो ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। दुई नेताबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताईएको छ ।

पछिल्लो समय सरकारको निरन्तरताको विषयमा प्रश्न उठाउन थालिएपछि दुई नेता गम्भीर वार्तामा बसेका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा आन्दोलनरत शिक्षक, चिकित्सक र गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताईएको छ ।