share 644 काठमाडौं । नाबालिग बलात्कारको आरोपमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य पूर्णमान लामा पक्राउ परेको छ । प्रहरी बृत्त बौद्धले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लामाले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोप छ । पक्राउ परेसँगै उनलाई एमालेले निलम्बन गरेको छ । एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले विज्ञप्ति जारी गर्दै उनलाई निलम्बन गरिएको जानकारी गराएको हो । पोस्टको नेभिगेसन गुप्तचरका अधिकृतको कारभित्र प्रहरी कार्यालय सहयोगीको गोली प्रहार गरी हत्या, गुप्तचर अधिकृतसहित तीन जना पक्राउ डडेलधुरामा गोली हानी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ