share 580 काठमाडौं । अमेरिकाको लस एन्जलस जंगलमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेका छन् । लस एन्जलस काउन्टीको मेडिकल एक्जामिनरलाई उधृत गर्दै आगलागीमा अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । मृतकमध्ये अहिलेसम्म तीन जनाको मात्रै पहिचान भएको छ । चार दिनदेखि जारी भीषण आगलागीले लस एन्जलस सहरलाई तहसनहस पारेको छ भने कैयौँ घर खरानी भएका छन् । आगो निभाउने प्रयास जारी छ तर सफल हुन सकेको छैन । पोस्टको नेभिगेसन चिनियाँ राष्ट्रपति सी को निर्देशन : भुकम्प प्रभावित क्षेत्रमा सबै प्रकारका उद्धारको प्रयास गर दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक पक्राउ