share 739 काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेको छ । उनलाई चेक अनादरसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मल्ललाई सोमबार पक्राउ गरिएको हो । उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी परेको थियो । २० लाख ५० हजारको चेक अनादर गरेको आरोपमा प्रहरी परिसर भक्तपुरले मल्ललाई पक्राउ गरी प्रहरी वृत्त महाराजगन्जमा पठाएको थियो । उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए । पोस्टको नेभिगेसन थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै फर्काइने जिबी राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतको आदेश