share 539 काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरमा आफ्नो फोटो जलाएको आरोपमा राप्रपा नेता नीराजन बमलाई पक्राउ गरेपछि असन्तुष्टि जनाएका छन्। प्रचण्डले सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुन सक्ने भन्दै फोटो जलाएको आधारमा गिरफ्तारी गर्नु उचित नहुने बताएका हुन्। उनले लेखेका छन्, “लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।” यसअघि, शनिबार मकवानपुरमा प्रचण्डको फोटो जलाएको आरोपमा प्रहरीले बमलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। तर, प्रचण्डकै अभिव्यक्तिपछि यस घटनाले थप चर्चा पाएको छ। पोस्टको नेभिगेसन अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरूमाथि अमानवीय व्यवहार, हत्कडीसहित काठमाडौं ल्याइयो पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने तयारीमा सरकार