काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका आठ नेपाली नागरिकलाई हत्कडी र खुट्टामा फलामको चेन बाँधेर काठमाडौं ल्याइएको खुलासा भएको छ ।

ग्रिफान एयरको चार्टर विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका उनीहरूलाई विमानस्थलमा ओर्लिएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको हो ।

डिपोर्ट भएका नेपालीहरूले हिरासतमा रहँदा अमानवीय व्यवहारको सामना गर्नुपरेको बताएका छन् । उनीहरूका अनुसार खानपानको सुविधा नभएको र विमानका क्रु मेम्बरहरूले फलफूल दिए पनि हत्कडी खोल्न अनुमति दिइएको थिएन ।